- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान १०८ मिटर लामो माला चढाएको छ ।
विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।
नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । आ(आफ्नो जातीय पहिरन र झाँकीसहित कार्यक्रममा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । कार्यक्रमका कारण यातायात आवागमन प्रभावित भएको थियो ।