
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकार सकारात्मक देखिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा आपूर्तिमन्त्री दीपक बोहराले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रस्ताव गरेका थिए। बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत हुन्।
बोहराको प्रस्तावमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले समर्थन जनाए। उनीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्डले बिदाका लागि आफू सकारात्मक रहेको बताएका छन्।
२०६२र६३ को जनआन्दोलनपछि २०६३ बाटै सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन छाडेको थियो। नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा लिएर सार्वजनिक बिदा दिनुपर्ने माग भने भइरहेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्