
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुन पासाङुले इलामको पर्यटकीय क्षेत्र तथा चिया बगान र उद्योगको अध्ययन तथा अवलोकन गरेका छन्। सातौँ राष्ट्रिय खेलकुद समापन पछि शुक्रबार साँझ उपराष्ट्रपति इलामको कन्याम पुगेका हुन्। उनले इलामको इलामको प्रमुख पर्यटकीयस्थल कन्याम, फिक्कल, सुन्दरपानी र करफोक क्षेत्रको भ्रमण गरे।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईली सहित कन्याम पुगेका उपराष्ट्रपित पुनले शनिबार सुर्योदय नगरपालिका सुन्दरपानीस्थित गोरखा टि(स्टेटको भ्रमण गरि चिया प्रशोधन तथा उत्पादन सम्बन्धि जानकारी लिए। उनले चिया उद्योगी र चिया कृषक तथा मजदूरसँग चिया क्षेत्रको संभावना चुनौतीका बारेमा अन्तरक्रिया गर्दै आर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिन किसान र उद्योगीलाई आग्रह गरे।
उपराष्ट्रपतिले सूर्योदय नगरपालिको पञ्चकन्यास्थित २०१० सालमा स्थापना करफोक बहुमुखी क्याम्पसको पनि निरिक्षण भ्रमण गरे। भ्रमणको क्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारीले क्याम्पस सञ्चालनका लागि विभिन्न समस्या र रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेका थिए।
जवाफमा उपराष्ट्रपतिले लामो ईतिहास बोकेको करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए। शनिबार पनि उपराष्ट्रपति इलामको पर्यटकीयस्थल न्याम बस्नु हुने उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्