
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा आवास अनुदानबापत दोस्रो किस्ताको रकम वितरणका लागि ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी सम्बन्धित निकायलाई दिएको छ।
उक्त रकम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत केन्द्रीय आयोजना कार्यन्वयन इकाई र भूकम्पीय आवास पुननिर्माण आयोजनालाई बिहीबार अख्तियारी प्रदान गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले बताए।
प्राधिकरणको बुधबारको बैठकले दोस्रो किस्ताको रकम वितरणकालागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयनका लागि सरोकारवाला निकायलाई बिहीबार नै पत्राचार गरिएको छ। पहिलो किस्ता पाएर आधारभूत तहको निर्माण सकेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम वितरण गरिने पोखरेलले बताए। दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिइने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्