
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पुष २७ गते सार्वजनिक विदा दिने प्रस्तावमा प्राय सबै सदश्य राजी भएपनि केहि सदस्यले पृथ्वी जयन्तीका दिन विदा दिने हो भने गान्धीको जयन्तीको दिन पनि विदा दिनुपर्ने प्रस्ताव ल्याएपछि अन्तत: निर्णय रोकिएको छ । ‘विदा दिन धेरै राजी थिए। तर एकासी गान्धी जयन्तीको दिन पनि बिदा दिनु पर्ने प्रस्ताव आएपछि निर्णय रोकियो । ‘ स्रोतले भन्यो ।
यसअघि क्रिश्मसको दिन भने अवेर राती निर्णय गरेर सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
क्रिसमसमा सरकारी विदा दिन गृहन्त्रालयले नै रातारात वक्तव्य निकाल्न सक्ने तर पृथ्वी जयन्तीमा प्रधानमन्त्रीले नै चाहेर पनि विदा दिन नसक्ने सरकारको कदमलाइ धेरैले निरिह कदमको रुपमा लिएका छन् ।
‘प्रधानमन्त्रीले चाहेको अवस्थामा विदा दिन नसक्ने भन्ने हुँदैन । क्रिसमसमा जस्तै गृहमन्त्री आफैंले चाहेको भए पनि विदा घोषणा गर्न सक्थ्यो । तर, मंगलबार साँझसम्म गृहमन्त्रालय मौन बसेकाले अब बुधबार सरकारी विदा घोषणा हुने सम्भावना लगभग टरेको छ ।’ गृहमन्त्रालय स्रोतले भन्यो ।
यता पुष २७ गते राप्रपाले भने चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यसघि मन्त्रीपरिषद्का एक सदश्य निकट स्रोतलाइ उदृत गर्दै तयार गरिएको ‘पुष २७ गते सार्वजनिक विदा’ शीर्षकको समाचार गलत भएको पुष्टी भएको छ। हाम्रा पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं । -सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्