
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो बाटो केही महिना अघि साँगुरो, जीर्ण र कमजोर अवस्थामा थियो ।
स्थानीय विकास अधिकारीको हैसियतमा यहाँको नेतृत्व सम्हाल्न आइपुगेका खेमराज ओझाले विकासमा पछि परेको धरमपुरको यो अवस्था देखेर यहाँको स्तरोन्नति एवम् प्रगतिमा विशेष ध्यान दिन दिएका कारण यो बाटो अहिले फराकिलो र कालोपत्रे हुन लागेको छ ।
जिविसले सो बाटो भ्याटसहित रु १० करोड ५८ लाख ७१ हजारको लागमा निर्माण गर्न कान्छाराम जेभी निर्माण कम्पनीलाई दिएकामा अगामी पुस मसान्तभित्रमा निर्माण गर्ने गरी द्रुत गतिमा काम भइरहेको छ ।
लगभग १४ किमी लम्बाइ र ६दशमलव ७५ मिटर चौडाइको सो मार्गको निर्माणले धरमपुर, तोपगाछी र पाँचगाछीका बासिन्दा निकै उत्साहित बनेका छन् ।
झापाको केचनादेखि चारआलीसम्म निर्माण हुने भनिएको ३९ किमी बाटो ४१ वर्ष पार गरिसक्दा पनि निर्माण नहुँदा यात्रा गर्ने मनिस तथा भद्रपुर, महेशपुर, पृथ्वीनगर, पाठामारी, बालुबाडी, बनियानी, केचना, घेराबारीका जनता वर्षात्मा हिलो, सुख्खा मौसममा धुलो, बसमा यात्रा गर्दा हुने कठिनाइ र जोखिमको भयबाट मुक्त हुन नसकिरहेको अवस्थामा धरमपुरका जनताले आफूलाई भाग्यमानी ठानिरहेका छन् ।
त्यो मार्गमा पर्ने कमल खोलाको पुल एक वर्ष पहिले निर्माण भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकामा धरमपुरको डुडामारीमा जिविसको रु ५८ लाखको लागतमा निर्माण भएको अर्को एक पुल निर्माण भई तीन महिना पहिले स्थानीय विकास अधिकारी ओझाले उद्घाटन गरेका थिए।
निर्माण कार्य सुरु गरेर समयमै सम्पन्न हुने परिपाटीले अब यो क्षेत्र विकासमा अघि बढ्ने र यसैको माध्यमबाट यस क्षेत्रमा शिक्षा, स्वास्थ्यसँगसँगै आर्थिक, सामाजिक र राजनीतिक विकास हुने सम्भावना बढ्दै गएको धरमपुर निवासी समाजसेवी अग्नि सापकोटाले बताए।
उनले धरमपुरमा सामुदायिक भवन निर्माण गर्न रु १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा निःशुल्क दान गरेका छन्।अहिले सो भवनका लागि लगभग रु २२ लाख नगद पनि सङ्कलन भएसकेको स्थानीयवासी मेघराज ओझाले बताए।
धरमपुरमा तीनदिन लाग्ने मङ्गलबारे, शुक्रबारे र पाडावाडी बजारलाई व्यवस्थित गर्न जिविसले डिपिआर तयार गरी भवन तथा सहरी विकास मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।
सो सम्बन्धमा स्थानीय विकास अधिकारी ओझाले राजनीतिक, आर्थिक, सामाजिक कारणले विकासमा पछि परेको यो ठाउँको विकास गर्न आफूले गरिरहेको प्रयास र सहयोग गर्न पाएकोमा आनन्द लागेको बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्