
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार बिस्तारको कुरा हल्ला मात्र भएको वताएका छन् ।संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पासका लागि वहुमत पुर्याउन सरकार पुनर्गठन हुने हल्ला चलिरहँदा सरकारका प्रवक्ता समेत रहेका कार्कीको यस्तो धारणा आएको हो ।
बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गदै मन्त्री कार्कीले सरकार पुनर्गठन हुने संभावना नरहेको भन्दै यो सवै हल्लामात्र भएको प्रस्ट पारे ।
एक अर्को प्रशंगमा सञ्चारमन्त्री कार्कीले केही दिनभित्रै सवै दलको सहमतिमा स्थानीय तहको निर्वाचनको घोषण गर्ने सरकारको तयारी रहेको वताए । निर्वाचनका लागि आन्तरिक तयारी पूरा भएको भन्दै दलीय सहमतिवाट अव चुनावको मिति घोषणा गरिने उनले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्