
एजेन्सी – भारतमा बाबा रामदेवको पतञ्जली आयूर्वेदले ठूला बहुराष्ट्रिय कम्पनीहरुलार्इ कडा टक्कर दिइरहेको छ।बजार कब्जा गर्न पतञ्जलीले आक्रामक तर किफायती मिडिया रणनीति लिएको छ।
पतञ्जली उत्पादनहरुको विज्ञापनका लागि बाबा रामदेवले पैसाभन्दा पनि आफ्नो निजी साखलार्इ प्रयोग गरिरहेका छन् । उनी आफैं न्यूज च्यानलमा आफ्नो उत्पादनहरु प्राकृतिक भएको दावी गर्दै प्रवचन दिइरहेका हुन्छन्।
भ्यूअरसीप मेजरमेन्ट एजेन्सी बिएआरसी इंडियाको एक तथ्यांक अनुसार सन् २०१६ मा पतञ्जलीले टीभी च्यानलहरुमा ११ लाख ४० हजारवटा विज्ञापन दिए। कम्पनीको विज्ञापन ७ हजार २ सय २१ घण्टा टिभी च्यानलहरुमा देखाइयो । यसबाट हेर्दा दैनिक औसत १९ घण्टा ४३ मिनेटको बिज्ञापन प्रसारण भएको थियो ।
‘पतञ्जली’ भारतमा सबैभन्दा आक्रामक रुपमा अघि बढेको ुफास्ट मुभिङ कन्ज्यूमर गुड्सु कम्पनी हो । हाल यो समूहको रेभेन्यू ५ हजार करोड भारु भन्दा धेरै छ। कम्पनीले चालु आर्थिक वर्षको अन्त्यमा आफ्नो रेभेन्यू १० हजार करोड भन्दा माथि जाने दाबी गरेको छ। संचार विज्ञका अनुसार पतञ्जलीको सफलताको पछाडि मिडिया क्याम्पियनका साथै मार्केटिङ रणनीतिनै हो।
उनीहरुको रणनीति धेरै नै आक्रामक छ । एफएमसीजी उत्पादनका लागि ब्राण्डका साथै वितरण प्रणाली पनि मजबुत छ। देत्सु एजिस नेटवर्कका सिइओ आशिष भसिन भन्छन्( ‘पतञ्जलीको वितरण प्रणाली एकदम मजबुत छ । साथै पतञ्जलीका प्रमोटर नै यसका सबैभन्दा ठूलो ब्राण्ड एम्बेसडर हुन्।’
मिडियालार्इ लिएर पतञ्जली आयूर्वेदको फरक सोच छ । पतञ्जली कम्पनीका प्रवक्ता एस के तिजारावाला भन्छन्( हामी केवल बिज्ञापनका लागि बिज्ञापन गर्दैनौं, हामी जानकारीमूलक क्याम्पेन चलाउँछौं ।
पतञ्जलीको बिज्ञापनमा गरेको खर्च ठूला कम्पनीहरुको दाँजोमा केवल ८ देखि १० प्रतिशत मात्रै हो । तिजारावालाका अनुसार उनीहरुको मिडिया रणनीति बाबा रामदेवले तय गरेका तीन मूल सिद्धान्तमा आधारित छ । विश्वस्तरीय गुणस्तर, कम दाम र पूरा नाफा च्यारिटीमा जानुपर्ने रणनीति मूल सिद्धान्त हो । त्यसैले पतञ्जलीको मिडिया क्याम्पियनमा सेलिब्रेटी वा मोडलहरु हुन्नन्।
बाबा रामदेव नै आफ्नो उत्पादनहरुको बिषयमा सीधै ग्राहकहरु र वितरकहरुसँग कुरा गर्छन्। आफैंले जानकारीमूलक कार्यक्रमहरुबाट प्रत्यक्ष गुनासा र जिज्ञासा मेट्ने भएकाले बिज्ञापन र मार्केटिङमा कम्पनीले कुल खर्च ३ अर्ब रुपैयाँ मात्र राखेको कम्पनीको भनाइ छ ।
किन रामदेवका पतञ्जली उत्पादनले यति धेरै बजार पाइरहेको छ त रु कसरी यस्तो आक्रामक प्रचार भैरहेको छ रु रमाइलो कुरा के छ भने पतञ्जलीको सन् २०१६ मा कुल बिज्ञापनमध्ये ८४ प्रतिशत बिज्ञापन न्यूज च्यानलहरुमा मात्र देखाइएको थियो । मिडिया प्लार्नरका अनुसार यो रणनीतिले बाबा रामदेवको कम्पनी र दर्शकहरुबीच पतञ्जली ब्राण्डलार्इ स्थापित र प्रवर्द्धन गर्न सहयोगी सावित भयो ।
मैक्सस इन्डियाका म्यानेजिङ पार्टनर आनन्द चक्रवर्तीका अनुसार न्यूज च्यानलहरुमा धेरै बिज्ञापन दिदाँ कम्पनीमाथि मानिसहरुको विश्वास बढेर जान्छ । पतञ्जलीले यहि रणनीति अपनायो अनि बजारमा जानकारीमूलक ढंगले दिएका बिज्ञापन दिन बाबा रामदेव आफै उभिए ।
हजारौं अनुयायी भएका बाबा रामदेवको क्रेजका कारण पनि बजारमा ब्राण्ड स्थापित भयो । पतञ्जलीलार्इ अरु बहुराष्ट्रिय कम्पनीको जस्तो सेलिब्रेटी र मोडलहरुको खाँचो नै परेन किनभने बाबा रामदेव कै स्थापित सेलिब्रेटी सरह भैसकेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्