
काठमाडौं – पूर्व सेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलमान सिंह गुरुङको घडी चोरेको आरोप लागेका कांग्रेस सांसद रामहरि खतिवडाले आफूलाई कल्पनै गर्न नसक्ने आरोप लगाइएको बताएका छन् । राजधानीको र्याडिसन होटलबाट प्रबलको घडी हराएको र खतिवडाको गोजीमा भेटिएको खबर सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको छ।
सामाजिक सञ्जालमा धेरैले पकेटमारा, चोर र बदमास सबै सांसद मान्य नै भएको भन्दै आलोचना गरेका छन् । यही विषयलाई लिएर आइतबार पत्रकार सम्मेलन गरी सांसद खतिवडाले यो आरोपले आफूलाई दुःखी बनाएको बताए।
ओखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद खतिवडाले आफ्नो ट्राउजरको गोजीमा कसले कसरी घडी राखिदियो भन्ने कुरा थाहा नभएको बताएका छन् । बुधबार र्याडिसन होटेलका जिमको लकरबाट गुरुङको घडी हराएको थियो । उनको घडीको मूल्य १४ लाख पर्ने बताइएको छ ।
बुधबार घडी हराएपछि गुरुङ बिहीबार दिनभर तनावमा रहे । उनले दरबारमार्ग प्रहरीमा उजुरी समेत गरे । तर, प्रहरीले अनुसन्धान सुरु गर्नासाथ खतिवडाले आफ्नो ट्राउजरको गोजीमा घडी भेटिएको भन्दै शुक्रबार र्याडिसन होटेलमै लगेर घडी छोडिदिएका थिए । यो घटनाको चौतर्फी विरोध भएपछि आइतबार खतिवडाले पत्रकार सम्मेलन गरेरै आफू दोषी भएको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा खतिवडाको बयानः
बुधबार ६ दिनका लागि संसद् बैठक स्थगित भएपछि बिहीबार ओखलढुंगाको कार्यक्रममा जाने निधो गरेँ । देशभरीका अपांगको कार्यक्रम थियो ।
उपत्यका बन्द भएकाले हिड्न ढिलो भयो त्यसैले राति नौ बजे ओखलढुंगा पुगेँ । त्यहाँबाट भोलीपल्ट रुम्जाटार गएँ । रुम्जाटारबाट फर्किएपछि लुगा लगाउन खोज्दा ट्राउजरमा एउटा घडी फेला पारेँ । त्यो घडी भेटेपछि तुरुन्त मैले प्रबलमान गुरुङलाई ‘प्लीज कल मी’ भनेर म्यासेज गरे ।
पहिला फोन गर्दा अफ भएपछि म्यासेज गरे । तर ‘रिप्लाई’ आएन । भोलीपल्ट बिहान फोन गरेर । घडी म सँग आएछ भनेँ । ‘हराएको भन्ने थियो तपाईंसँग रहेछ ठिकै छ’, भन्नुभयो ।
ठिकै छ भन्नेकुरा भयो । म काठमाडौँ आएपछि भोलीपल्ट बिहान क्लबमै गएँ । ‘यो घडी छुटेको रहेछ,’ भने । क्लबमा नारायण भन्ने साथी हुनुहुन्थ्यो । केही साथीहरुले चर्चा गरेका रहेछन् ।
कुनै साथीले नजानेर वा चरित्र हत्या गर्न राखिदिएको हुन सक्छ । कुनै साथीले आफ्नोमा भनेर मेरोमा राखिदिएको हुनसक्छन् भन्ने कुरा गरेँ । आज बिहान क्लबमा यो विषयमा चर्चा पनि गरेँ ।
म निरन्तर आफ्नो काम गरेको छु । हिजो गरे र भोली पनि गर्छु । मैले कसैको घडी चोर्नुपर्ने, लिनुपर्ने दिनुपर्ने र राख्नुपर्ने छदा पनि छैन । म आफँै घडी बाँदेर हिँडेको छु । त्यसैले एउटा गलत समाचार सम्प्रेषण भएको छ । चरित्र हत्या गर्ने काममा कोही पनि नलागिदिनुहुन आग्रह गर्दछु ।
होटलमा सिसी क्यामेरा होलान सबै छानबिन हुनुपर्छ । जहाँ पनि ‘मान्य’ सांसद नै चोर जस्तो बनाइएको छ । बाहिर त पकेटमारा पनि मान्य, चोर पनि मान्य बदमास पनि मान्य भन्ने आउन थाल्यो । चरित्र पनि हत्या भयो । हामीलाई पनि यसले नराम्रो बनाएको छ ।
चरित्र हत्या गर्ने किसिमको खबर आएकाले म तपाईंहरु समक्ष जानकारी गराउन आएको हुँ । यस्ता कुराले म विचलित हुन्न तर गलत समाचारप्रति घोर भत्सना गर्दछु । यस्तो काम रामहरि खतिवडाले गरेको होइन र गर्न पनि चाहदैन भन्न चाहन्छु ।
बरु गोली हानेर मारेको भए मरेको मर्यै हुन्थ्यो, यसले सधै मार्ने काम भयो । बारम्बार मार्ने काम भयो । यो घटनाले मलाई बाँचुन्जेल मार्ने काम गरेको छ, म धेरै दुःखी छु । अन्नपूर्णपोष्टमा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्