×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर बजार, आधारभूत प्राविधिक ‘ज्ञान-मन्त्र’

PRIME CA
GLOBAL IME BANK

शेयर बजार, आधारभूत प्राविधिक ‘ज्ञान-मन्त्र’

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बजार कहिले हरियो हुन्छ त कहिले हुन्छ रातो !
बजार हरियो हुदा मालामाल  रातो हुँदा जान्छ सातो !!
कम्पनी विश्लेषक भन्छन् EPS हेर PE Ratio हेर Dividend पनि हेर !
जस जसले जे जे भने पनि सबै भन्दा पहिला आफ्नो मन लाइ सोधी हेर !!
प्राबिधिक विश्लेषक भन्छन् RSI लाई पनि  हेर Fibonacci लाइ पनि चिन !
घट्दो ट्रेन्डमा  छ भने नाफा हुने बेच बढ्दो ट्रेन्डमा छ भने छानीछानी किन !!  
Head & Shoulder ट्रेन्ड देखिनु घट्दो बजार हो भनि  जान्नु !
ट्रेन्ड सिढीमा चढ्दा  जस्तै देखिनु बढ्दो बजार हो भनि मान्नु !!
कोहि भन्छन् कम्पनी विश्लेषण गर कोहि भन्छन् प्राबिधिक कुरा हेर !
कोहि भन्छन् बजारको ट्रेन्ड हेर कोहि भन्छन् अन्य कुराहरु पनि हेर !! 
Round Top घट्दो बजार हो भने Round Bottom बढ्दो बजार हो भनि  जान्नु !
Round Top देखिदा शेयर बिक्रि गर्नु भने Round Bottom हुदा शेयर खरिद गरि राख्नु !!
Support Point तल्लो बिन्दु हो भने Resistance Point माथिल्लो बिन्दु हो भनि बुझ्नु !
Support ले बजार कति सम्म झर्छ भन्ने बताउछ भने Resistance ले कति माथि पुग्छ भन्ने बुझ्नु !!
कारोबारको Volum हेर InsiderTrading हो कि होइन चिन !
बजार घट्छ भन्ने लागे  नाफा छ भने  बेच बढ्छ लागे किन !!
Double Top बियरिश ट्रेन्ड हो भने Double Bottom बढ्दो ट्रेन्ड हो भनि जान्नु  !
M घट्दो बजारको संकेत हो भने W बढ्दो ट्रेन्डको संकेत हो भनि मनले मान्नु !!
सेतो Candle Stic बढ्छ भने बजार बढ्छ भनि मान !
कालो Candle Stic बढ्छ भने बजार घट्छ  भनि जान  ! 
Candle Stics को तल्लो भाग बढ्छ भने बजार बढ्छ भनि जान !
बजार बढ्दा राम्रा कम्पनि छानिछानि किन !!
Candle Stics Hammer जस्तै बन्नु बढ्ने संकेत हो भने Hanging Man घट्ने संकेत हो !
Doji तटस्थ अबस्था हो भने Long Doji खै के खै जस्तै अबस्था हो !!
RSI ७० माथि पुगे अधिक खरिद र RSI ३० नजिक पुगे Over Sold हो भनि बुझ्नु !
RSI ७० नजिक  पुगे शेयर बिक्रि गर्नु RIS ३० नजिक आउदा किन्न शुरु गर्नु !!
AD Ratio १ भन्दा बढि भए बढ्ने बजार  हो भने १ भन्दा कम  भए बजार घट्छ भनि जान्नु !
नाफा हुने भए मात्र  शेयर किन्नु हल्लाको भरमा कहिल्यै नहिड्नु सधै आफ्नो मनलाई सोध्नु !!
Fibonacci र Pivot Point बाट  शेयरको मुल्य कहाँ पुग्छ अनुमान गरि हाल !
सो कुरा थाहा पाउन Fibonacci Calculator र Pivot Calculator थिची  हाल !!
आधारभूत कुरा प्राबिधिक कुरा अन्य सबै कुराहरु चिन !
आफुलाई राम्रो लागेको नाफा हुने शेयर मात्र किन !!   
शेयरबजार विश्लेषक :- रामु खनाल 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: