×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहिले बजारमा देखिएको अस्तव्यस्तका केहि कारक तत्वहरु, (रामु खनालको विश्लेषण)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अहिले बजारमा देखिएको अस्तव्यस्तका केहि कारक तत्वहरु, (रामु खनालको विश्लेषण)

Artha Sarokar

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रामु खनाल 
  • साना लगानीकर्ताहरु भन्छन् ठुला लगानीकर्ताहरुले बजारमा चलखेल गरे , बजार घटाएर किन्न खोजे ।
  • ठुला लगानीकर्ताहरु भन्छन् साना लगानीकर्ताहरु ब्यवसायीक भएनन् अलिकति बजार केहि तलमाथि भयो कि आत्ति हाल्ने , बेच्न पनि हतार किन्न पनि हतार अनि बजार अस्थिर भयो ।
  • नयाँ नयाँ लगानीकर्ताहरु भन्छन् फलानो न्युजले यसो भन्यो , फलानोले उसो भन्यो , ग्रुपमा यसले यसो भन्यो , उसले उसो भन्यो लौ चौपट हुने भईयो , बर्बादी नै हुने भईयो, मनोबैज्ञानिक त्रास , “ बनको बाघले खाने हो कि होइन मनको बाघले खाने “
  • केहि मेडियाहरुले अलिकति बजार घट्यो कि पुरै बजार नै ध्वस्त नै भए झैँ गरि डर लाग्दो चित्रका साथ बजारमा आज ठुलो पहिरो गयो , भूकम्प गयो भन्ने अनि अलिकति बजार बढ्यो कि फलानो फलानोले कम्पनीले कुस्त कमाए , पैसा छापे भन्ने | यस्ता हलुका हेडलाइन राखेर समाचार प्रकाशित गरे पछि लगानीकर्ताहरु लाई सुसूचित गरेको हो कि अन्य केहि हो तिनै मेडियाकर्मीहरु नै जानुन ।
  • बेमौसमी FPO, Right को त अहिले साउनको बर्खे भेल नै छ । यस्तो खहरेखोलाको बर्खे भेल शेयरबजारमा पसेर आतंक मज्जाएको अबश्य नै हो ।
  • अहिले FPO धमाधम प्रिमियम मुल्यमा निष्कासन भैरहेका छन्य ।यस्तै बेथिति कायम रहिरहे कुनै दिन Right शेयर पनि प्रिमियम मुल्यमा निष्कासन गरे आठौ आसर्य नमाने हुन्छ ।

अत : पैसा तपाइको, लगानी तपाइको , फाइदा भए पनि तपाईलाई घाटा भए पनि तपाई लाइ नै अनि किन अरुको पछि कुद्ने त । “ कागले कान लग्यो भन्दैमा कान छाम्ने कि कागका पछि दगुर्ने “ !
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी