- अर्थ सरोककार संम्वाददाता
काठमाण्डौ – पछिल्लो समयमा नेपालमा चीनिँया गतिविधी बढ्दै गएको निश्कर्ष निकाल्दै छिमेकी मुलुक भारतले चीनसँग टक्कर लिन सक्ने खालको राजदुतको खोजी गरेको छ । वर्तमान राजदुत रणजीत रेको भूमिका प्रति असन्तृष्ठी जनाँउदै उस्ले रणजीत रेलाई हटाएर सो स्थानमा भारतीय सेनाका अवकाश प्राप्त एक जना अधिकारीलाई पठाउने तयारी थालेको बुझिएको छ ।
भारत सरकाले नेपालका लागि खटिएका राजदुत रणजित रेलाई फिर्ता बोलाउने तयारी गरेको छ । उनको स्थानमा भारतले सेनाका अवकास प्राप्त अधिकारीलाई पठाउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
नेपालका लागि भारतीय राजदूत रणजित रेको कार्यकाल नसकिदै उनको स्थानमा भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह सुहागलाई नेपालको राजदूतका रुपमा पठाउने तयारी भारतीय सरकारले गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
नवभारत टाइम्सका अनुसार पछिल्लो समय चीनको प्रभाव नेपालमा पर्दै गएका कारण त्यस्तो प्रभाव कम गर्ने व्यक्तिको रुपमा उनलाई पठाउने तयारी सरकारले गरेको हो ।