
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपालका लागि भारतीय राजदुत रन्जित रे लाई नेपालगञ्जमा मधेशी नागरिक समाजले स्वागत एवम्अभिनन्दन गरेको छ । राजदुत रे सोमबार साँझ नेपालगञ्ज आउने लगत्तै उहाँको निवासका लागि व्यवस्था गरिएको स्थानमा नागरिक समाजले दोसल्ला तथा प्रमाणपत्र गर्दै स्वागत तथा अभिनन्दन गरेको हो ।
नागरिक अभिनन्दनमा वरिष्ठ अधिवक्ता बिजय गुप्ताले नेपालगञ्जको बिकास र मधेशी समुदायको उत्थान तथा बिकास, जिल्लाको समस्याबारे जानकारी गराउनुभएको थियो । समाजले भारतीय राजदुत रेले र भारत सरकारले नेपालको बिकासका लागि पुयाएको योगदानको कदर गर्दै सम्मानपत्रले अभिनन्दन गरेको हो ।
सो क्रममा नेपाल भारत मैत्री संघले पनि दुबै देशको सम्बन्धलाई सुमधुर बनाउनका लागि आगामी दिनमा गर्न सकिने कार्यहरुबारे जानकारी पत्र समेत पेश गरेको थियो । त्यस्तै बर्दिया उद्योग वाणिज्य संघ, व्यापार संघ, नेपाल भारत मैत्री संघले बर्दियाका समस्याहरुसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।
मधेशी नागरिक समाजका मेराज हिमाल प्रदिप गुप्ता, ललित रौनियार, रेखा गुप्ता लगायतका सदस्यहरुको उपस्थिति रहेको अभिनन्दन कार्यक्रममा समाजका अध्यक्ष आशिष कुमार गुप्ताले राजदुतलाई नेपालगञ्जमा समाजले स्वागत गर्न पाएकोमा खुसी रहेको बताउँदै यस क्षेत्रमा मधेशी समुदायले भोग्दै आएको समस्याबारे तथा बिकास निर्माणका कार्यहरुलाई पूर्णता दिन आग्रह गर्नुभएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्