
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए मान्य नहुने चेतावनी दिएको छ। शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कुरा गर्दै पार्टीका अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए स्विकार गर्न नसकिने बताएका हुन्।
उनले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी समेत दिए। आईतबार बस्ने संसद बैठकमा प्रस्ताव अघि बढाउने गरी सत्तारुढ काँग्रेस, माओवादी केन्द्र तथा मधेशी मोर्चाबीच सहमति भएकै भोलिपल्ट सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसो गरे प्रतिरोधमा उत्रने चेतावनी समेत दिएको छ।
अध्यक्ष थापाले संविधान संशोधन प्रस्तावका केही बुदाँ राष्ट्रहितमा समेत नरहेको भन्दै आक्रोस पनि व्यक्त गरे। उनले सर्वोच्च अदालतको आदेशले कानुनी रुपमा जे फैसला गरेको भएपनि राजनीतिक सहमतिको आधारमा मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने तर्क पनि गरेका थिए।
अध्यक्ष थापाले तत्काल स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्न पनि सरकारसँग माग गरेका थिए। उनले सरकारले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन नबुझेकोमा आपत्ति पनि जनाए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्