×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट बैंकले ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले अनलाइन बोलकबोलका आधारमा सोमबार ९१ दिने अवधिको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल आगामी बैशाख १२ गते परिपक्व हुने बताइएको छ । 
बैंकिङ प्रणालीमा तरलता वयवस्थापन गर्ने भन्दै केही समयदेखि बैंकले ट्रेजरी बिल विक्री बन्द गरी बैंकिङ प्रणालीमा निरन्तर तरलता पठाइरहेकोमा सोमबार भने ट्रेजरी बिल विक्री गर्न लगोको हो । यसअघि राष्ट्र बैंकले गत पुस १८ गते ९१ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । आगामी बैशाख ५ गते परिपक्व हुने ट्रेजरी बिलमा सात अर्ब ८६ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: