×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दलहरू मिलेर अघि बढ्नुपर्ने राष्ट्रपतिको सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दलहरू मिलेर अघि बढ्नुपर्ने राष्ट्रपतिको सुझाव

Artha Sarokar

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरूसँग भएको भेटमा भण्डारीले संविधान संशोधन विधेयक, संसद् अवरोधलगायत विषयमा चासो देखाएकी थिइन् । उनले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरू मिलेर अघि बढ्नुपर्ने पूर्ववत् सुझाव दोहोर्‍याएकी थिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरुसँगको भेटमा राष्ट्रपतिले संविधान संसोधन विधयेक संसद अवरोध लगायत विषयमा चासो देखाएकी थिइन् ।यो खबर आजको कान्तिपुरमा छ ।
‘नेताहरूसँग राष्ट्रपतिज्यूले अहिलेको सन्दर्भमा दलहरू मिलेर जानुको विकल्प नरहेको सुझाव दिनुभयो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने । २०७४ माघभित्र तीनवटै निर्वाचन हुने गरी अघि बढ्न पनि उनले नेताहरूलाई आग्रह गरेकी थिइन् ।
भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी