×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

Artha Sarokar

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौं ।
राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘आफू आज यो देशको नागरिक र राष्ट्रपति हुनुमा उनको एकीकरणको ठूलो योगदान छ । पृथ्वीको मुल्याङ्कन र सम्मानका लागि राजनीतिक आग्रह र पूर्वाग्रह लिइरहनु पर्दैन ।’
राष्ट्रपति भण्डारीले आइतबार शितल निवासमा राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरी र सचेतक पर्शुराम तामाङसँग यस्तो बताएकी हुन् । गिरी र तामाङले आगामी २७ गते सार्वजनिक विदा घोषणा गरिदिनेबारे पहल गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।
एकीकरणका अभियन्ता, नेपाल र नेपालीका पहिचान बोकेका पृथ्वीको सम्मानका लागि आगामी २७ गते सार्वजनिक विदा दिने सम्बन्धमा आफूले सम्बद्ध पक्षसँग परामर्स गर्ने जानकारी भण्डारीले दिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी