
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । बैंकको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भारत र चीनमा शाखा स्थापना र विस्तारको तयारी अघि बढाइसकेको जानकारी दिए ।
उनका अनुसार भारत र चीनमा शाखा स्थापनाका लागि बैंकको सञ्चालक समितिले अनुमति दिइसकेको छ । बैंकले भारतमा शाखा विस्तारको तयारी गरेको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरिएको जनाएको छ । विसं २०२२ माघ १० गते स्थापना भएको बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्