×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेडको प्रस्तावलाइ ‘साइड’ लगाइयो, राष्ट्रिय वाणिज्य बैंक हुने भो एनआईडीसीसँग मर्ज !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंक लिमिटेडको प्रस्तावलाइ ‘साइड’ लगाइयो, राष्ट्रिय वाणिज्य बैंक हुने भो एनआईडीसीसँग मर्ज !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – सरकारको पूर्ण स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलोपमेन्ट बैंक मर्ज हुने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रमलाइ सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुुर महराले एनआइडीसी डेभलपमेन्ट बैंकलाई मर्जरमा लैजान लागिएको बताएका छन् । 
‘हामीले मर्जर सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिसकेका छौं । आगामी मन्त्रीपरिषद बैठकबाट सरकारले मर्जरको औपचारिक निर्णय लिनेछ । दुवै बैंक सरकारी स्वामित्वका भएकाले कुनै पनि समस्या छैन ।’ कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने ।   यसअघि नेपाल बैंकसँग राष्ट्रिय वाणिज्य बैंक मर्जर गर्ने कुरा अगाडी बढेको थियो । 
यता उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै  बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ किरणकुमार श्रेष्ठले एनआइडीसी डेभलपमेन्ट बैंक र ३० प्रतिशत आइपीओको बिषयमा सरकारले स्पष्ट पारिदिनुपर्ने अनुरोध गरेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: