Skip to content
LAXMI SUNRISE BANK

धुलो नउड्ने विधि प्रयोग गरेर सडक बनाउन आदेश सर्वोच्च अदालत

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सडक विस्तार र मेलम्ची खानेपानीको पाइप विच्छ्याउन खनिएको सडकका कारण काठमाडौं धुलोमाडौं बनेपछि अदालतको समेत ध्यानाकर्षण भएको छ।

रिङरोड विस्तार, कलंकी( थानकोट सडक विस्तार र मेलम्ची खानेपानी पाइप विस्तारका कारण उपत्यकामा पछिल्लो समय धुलोले कुइरीमण्डल हुने गरेको छ। यही विषयलाई उठाउँदै अदालतमा परेको रिट निवेदनको सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले सडक बनाउँदा धुँवाधुलो नउड्ने विधि प्रयोग गर्न अन्तरिम आदेश दिएको छ।

उपत्यकाको सडक निर्माणका कारण वायु प्रदूषण बढेको जनाउँदै अधिवक्ता पदमबहादुर श्रेष्ठले जारी गरेको निवेदनमा सुनुवाईगर्दै अदालतले काठमाडौँ उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको हो। आदेशमा तत्काल धुलो न्यूनीकरण भए्नभएको निरीक्षण र अनुगमन गर्न्गराउनसमेत समेत आदेश दिइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK