×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्व, विकृति र सामाजिक उत्तरदायित्व !

PRIME CA

चाडपर्व, विकृति र सामाजिक उत्तरदायित्व !

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

रातो भाले काखी च्यापेर ग्रुप फोटो खिच्ने, खसी बोकालाई समूहबीच राखेर फोटो खिच्ने अनि, फेसबुकमा हाल्ने सम्म त ठिकै हो । तर केहि समय पश्चात तीनको हत्या गरेर, टुक्रा टुक्रा पारेर, पोलेको फ्राई गरेको फोटोचाहिं कृपया नराखीदिनुहोला । यस्तो काम गरेर कहिले पनि बहादुर अनि ठुलो मान्छे भईंदैन । 
यो एक किसिमको SOCIAL VIOLENCE हो । पृथ्वीमा रहने हरेक प्राणीलाई बाँच्ने अधिकार छ । हाम्रो परिवारको सदश्यलाई हामीभन्दा वलियो कसैले हामीबाट खोसेर लगे हाम्रो अन्तरआत्माले के सोच्दो हो ? मान्छे होस् या पशु, शारिरिक सँरचना अनि चेतनशीललता मात्र फरक हो, तर भावना एउटै हुन्छ !
‘हुन त मान्छेको पेट एउटा चिहान हो, सयौं लासहरु गाडिएका छन् ।’ भन्ने भनाइ पछिल्लो समय निकै चर्चित छ । यसका आ-आफ्नै व्याख्या / अपव्याख्याहरु होलान् । तर पनि कसैको बाँच्ने अधिकारमाथि धावा बोलेर ती तस्विरहरुलाई रमाईलो गर्ने वातावरण नाबनाउँ । एक पटक सोचौं, ‘आत्मा त सबैको एउटै होइन र ?  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: