×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हल्लाको पछी लागेर कौडीको भाउमा सेयर बेच्नेहरुले बुझुन्, ‘कमाउन धैर्यता चाहिन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हल्लाको पछी लागेर कौडीको भाउमा सेयर बेच्नेहरुले बुझुन्, ‘कमाउन धैर्यता चाहिन्छ’

Artha Sarokar

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रोहन शर्मा 

अहिले अधिकांस कम्पनीहरुको बजार मुल्य AVERAGE BASED PRICE भन्दा धेरै तल छ । जुन समग्रमा भन्नु पर्दा UNDERVALUED नै हो । तर त्रासको मनोबिज्ञानको अगाडी कसको के लाग्छ र ! हल्ला र लहालहैको पछी लागेर कौडीको भाउमा घाटा खाएर बेच्नेहरुलाई बिषेश धन्यबाद छ । जसले बजारलाई अल्पकालिन क्र्याशको बाटोतर्फ मोड्न सहयोग गरे र आजको दिनसम्म बजारमा आफ्नो उपस्थिती जनाए ।
पक्कैपनि उनीहरु भोलीको दिनमा बजारमा फर्कने छैनन् र आफुले परिवर्तन गरेको नयाँ फिल्डमापनि सफलता पाउने कुरामा शंकै छ, किनकि पैसा कमाउन धैर्यता चाहिन्छ चाहे त्यो जुनै क्षेत्रमा होस् । यसबीचच दौनिक ५० करोडभन्दा बढीको कारोबारमा खरिदकर्ताको पक्षबाट सहभागी हुनुहुने दरिलो मुटुहरुप्रति भने समग्र बजारनै आभारी छ ।
बिगतको भुकम्प र नाकाबन्दीबिच बजारमा नदेखिएको परिदृश्य अहिले देखिंदैछ । जुन बिल्कुलै आश्चर्यजनकनै छ । अल्पकालिन ब्याजदरमा बृद्धी , सामान्य राजनितिक उतार चढाव, पुरानै बजारिया हौवा जस्ता सामान्य कुराहरुलाई छोडेर बजारको आधारभुत पक्षहरु अत्यन्तै मजबुत भएको अहिलेको अवस्थामा कागकोपछी लाग्नेहरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी