×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा फाइनान्सको खुद नाफा पाँच करोड ६१ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सगरमाथा फाइनान्सको खुद नाफा पाँच करोड ६१ लाख

Artha Sarokar

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता
काठमाडौं –  सगरमाथा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ६१ लाख ८३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको दोस्रो त्रैमासकै तुलनामा दुई करोड ५५ लाख ८४ हजार रुपैयाँले बढी हो । गत वर्ष यही बेला सगरमाथाको खुद नाफा जम्मा तीन करोड पाँच लाख ९९ हजार रुपैयाँमात्र थियो । सगरमाथाको खुद ब्याज आम्दानी पनि राम्रो रहेको छ । यो त्रैमासमा खुद ब्याज आम्दानी आठ करोड २७ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा खुद ब्याज आम्दानी दुई करोड २२ लाख चार हजार रुपैयाँले बढोत्तरी गर्न सगरमाथा सफल भएको छ । गत वर्ष फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड पाँच लाख ४९ हजार रुपैयाँमात्र थियो । सगरमाथाको रिजर्भ कोषमा पनि राम्रो पैसा जम्मा भएको छ । यो त्रैमासमा फाइनान्सको रिजर्भमा २६ करोड ८९ लाख ७५ हजार रुपैयाँ छ । चुक्ता पुँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ रहेको सगरमाथाको यो रिजर्भ कोषले लगानीकर्ता लोभ्याउन सक्ने देखिन्छ ।
गत वर्षको यही त्रैमाससँग तुलना गर्ने हो भने सगरमाथाको रिजर्भ कोष १२ करोड ६३ लाख १४ हजार रुपैयाँले बढोत्तरी भएको हो । उता, चुक्ता पुँजी पनि पाँच करोड पाँच लाख २५ हजार रुपैयाँले बढेको देखिन्छ । गत वर्ष रिजर्भ कोषमा १४ करोड २६ लाख ६१ हजार रुपैयाँ मात्र थियो भने चुक्ता पुँजी पनि ३१ करोड ८७ लाख ७३ हजार रुपैयाँ थियो । यो त्रैमासमा फाइनान्सले खराब कर्जा झारेर २.६५५ मा ल्याइपुर्याएको छ ।
अघिल्लो वर्ष भने खराब कर्जा ३.८७५ थियो । गत बर्ष १९ रुपैयाँ २० पैसा रहेको प्रतिसेयर आम्दानी बढाएर ३० रुपैयाँ ४३ पैसा पुर्याएको छ । सगरमाथाको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ८३ पैसा छ । फाइनान्सले प्रोभिजनमा पनि तीन करोड २३ लाख ४७ हजार रूपैयाँ छुट्याएको छ । कस्ट अफ फन्ड चाहिँ ६.७०५ छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी