
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ ।साझाले भोलि माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमाडौंबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा २० प्रतिशत भाडा घटाएको हो ।
सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।
उनका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको ४ सय ९० रूपैयाँबाट घटाएर ३ सय ९२ रूपैयाँ, भैरहवाको ५ सय १० रूपैयाँबाट ४ सय ८ रूपैयाँ र पोखराको ३ सय ९०रूपैयाँबाट ३ सय १२ रूपैयाँ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा सेवा पुर्याउँदै आएको जनाएको छ ।
साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौँदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्