- अर्थ सरोकार सम्बाददाता
मृत्युजस्तो निकै नै संवेदनशील कुरामा पनि जिल्लाका केहि मिडियाहरुले लापरवाही गरेको पाइएको छ । मोफसलबाट प्रकाशित हुने साझाकुरा नामक दैनिकले कनकमणि दीक्षितको समवेदना छापेको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले आफ्ना संस्थाका पूर्व बरिष्ठ सल्लाहकार भन्दै उनको समवेदना छापेका हुन् । जवकी मृत्यु भएका कमल दीक्षित हुन् । तर उनका छोराको समवेदना छापिएको छ ।

पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बाउ र छोरा,म्रितक र जीवित छुट्याउन नसक्नेले पनि के पत्रिका निकाल्नु ? प्रेस काउन्सिलको बर्गिकरणमा भर्खर ‘क’मा परेको छ हेटौंडाको ‘साझा कुरा’ । नेपाली साहित्यकाशका शिखर सेवक कमल दिक्षित बित्नुभो गत हप्ता तर यो पत्रिकाले फोटोसहित छोरा कनक दिक्षितको नाममा आज समवेदना निकालेको छ । शोकमा परेको परिवारमाथि थप पीडा थोपर्ने यो महाभूलको क्षतिपूर्ति के ? जीवितलाई मार्ने यो कस्तो पत्रकारिता ? कठै,मेरो नियति !’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्