
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मंगलबारका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् बैठक सुचारु गर्ने विषयमा दलीय सहमति नजुटेपछि संसद् सचिवालयले विशेष कारणबश भन्दै मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरेको हो ।
मंगलबार बिहान बसेको शीर्ष नेताहरुसम्मिलित संसदको कार्य व्यावस्था परामर्श समितिको बैठकले सभामुख ओनसरी घर्तीलाई मंगलबारको बैठक स्थगित गरि पुस २४ गते राख्न सुझाव दिएपछि सुचना टाँसेर बैठक स्थगित भएको हो ।
सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले पुस २४ गते सम्म दलहरुले निकासका लागि सहमति खोजिसक्ने प्रतिबद्धता जनाएपछि सुचना टाँसेर ससद बैठक स्थिगित गरिएको जनाकारी दिए ।एमालेसहितका विपक्षी दलले पुस २२ गते काठमाडौंमा प्रदर्शनको तयारी गरेकाले संसद बैठक लामो समयसम्म स्थगित गरिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्