×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बर्षमा अर्थ सरोकारको प्रतिबद्धता, ‘हामी डराउँदैनौं, फिटिक्कै डराउने छैनौं, निरन्तर बढ्नेछ हाम्रो खोज…’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नयाँ बर्षमा अर्थ सरोकारको प्रतिबद्धता, ‘हामी डराउँदैनौं, फिटिक्कै डराउने छैनौं, निरन्तर बढ्नेछ हाम्रो खोज…’

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / प्रधान सम्पादक, अर्थ सरोकार डटकम 

आर्थिक अनलाइन समाचार पोर्टलको क्षेत्रमा केहि नयाँ गर्ने सोचका साथ जुलाई १५, २०१६ अर्थात् साउन १, २०७३ देखि हामी नेपाली सञ्चार क्षेत्रमा प्रवेश गरेका थियौं । संख्यात्मक हिसाबले आर्थिक पत्रपत्रिका वा अनलाइनहरु नेपालमा प्रशस्त रहेका बेला हामीलाई चुनौती थिए र छन् पनि । हामी केहि फरक गर्छौं भन्ने अटोठका साथ आएका थियौं । नेपाली अनलाइन क्षेत्रमा हाम्रो प्रवेश हुँदै गर्दा, हामीले भनेका थियौं, ‘हामी डराउने छैनौं कोहिसँगपनि र गर्नेछौं, निर्भिक र भयरहित पत्रकारिता ।’ र २०१६ को अन्त्यसम्म आइपुग्दा हामीले सकेको गर्यौं ।  हामीले जति गर्यौं त्यसमा हामी सन्तुष्ट पक्कै छैनौं । गर्न धेरै बाँकी छ, र हामी गरिरहेका छौं ।  

सकेको गर्यौं, अझै गर्नेछौं ! माया र साथका लागि पाठकलाई धन्यवाद !
अर्थ सरोकार डटकम सुरु गर्दैगर्दा हामीले धेरै ‘स्कुप’ प्रस्तुत गर्यौं । नउठाइएका यथार्थ र नकेलाइएका सत्य खोज्दै गयौं । यसरी अगाडी बढ्दैगर्दा आज जनताको अगाध माया पाएका छौं । पाठकले अर्थ सरोकार डटकमलाई नेपालको नम्बर वान आर्थिक समाचार पोर्टल बन्न साथ दिनुभएको छ । ‘भर्जिन इस्यु’हरु उठाउने मामलामा हामी निकै अगाडी रह्यौं । यसैबीच हामीले उठाएका विषयलाई केहि ब्रोडशिटहरुले पनि राम्रै स्थान दिए । अनलाइनमा ‘फ्रेश भिडियो कन्टेन्ट’ दिने मामलामा पनि हामी एक कदम अगाडी रह्यौं । सेयर बजार सम्बन्धि नेपालमा दैनिक टेलिभिजन कार्यक्रम सुरु गर्यौं, र निरन्तर जनताका पक्षमा बहस गरिरहयौं ।

अहँ… ! हामी डराउँदैनौं :
हामीले लेखेका समाचारलाई आधार  बनाएर हामीलाई धम्की दिने, थर्काउने, वा प्रलोभनमा पार्ने थुप्रै प्रयासहरु पनि भए । यतिसम्मकी ठुला नेता र गुण्डाहरुको नाम जोडेर हाम्रा सम्पादक वा सम्बाददाताहरुलाई थर्काउने काम भयो । कुनै एक अनलाइनलाइ प्रयोग गरेर हाम्रा सम्पादकका निजी कुराहरु खोतलेर समाचार लेख्न र त्यसमा राम्रो प्रायोजन गरिदिने भन्दै एक समूह लागिपरेको कुरा पनि थाहा पायौं । तर डराउनुपर्ने केहि थिएन र छैन पनि ।  हामी कानुनमा विश्वास गर्छौं । देशमा विधिको शासन छ र सत्य बोल्ने मान्छे डराउंदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ । यसैबीच अर्थ सरोकार डटकमका सम्पादकलाई ‘सम्झाईदिनुपर्यो’ भन्दै केहि माफियाहरुले सम्पादकका नजिकका मानिसहरुलाई  समेत फोन गरेर प्रभावमा पार्ने प्रयासपनि गरे । तर हामी यो मामलामा कति ‘खरो’ छौं भन्ने हामीलाई मात्र थाहा छ ।  सत्य समाचारका लागि लड्नुपरेपनि हामी लड़नेछौ । लडेकै हौँ, र लडीरहनेछौं ।

हाम्रा पनि कमजोरी भए… 
‘मेरो गोरुको बार्है टक्का’ भन्ने पक्षमा हामी छैनौं । यो साँढे ५ महिनामा हामी सिक्दैछौँ । केहि कमजोरी पक्कै छन् । नकारात्मक समाचार बढी प्रस्तुत गर्नु हाम्रो वा देशको वाध्यता हो भन्ने कुरालाई कतै न कतै हाम्रो कमजोरीको रुपमा पनि लिईएको छ । हामीले त्योपनि सोचेका र बुझेका छौं । अर्थ सरोकार डटकम अलि बढीनै ‘कडा’ समाचार लेख्छ भन्ने कुरालाई हामीले पनि मनन गरेका छौँ । आउँदा दिनहरुमा सकारात्मक समाचार पनि पस्कने प्रतिबद्धता जनाउँछौं ।

अर्थ सरोकार साउनमा सुरु भयो । तर यहि बीचमा हामीसँग जोडिन आएकी एक कर्मचारीले गलत काम गरेको थाहा भयो । उनी गैरकानुनी कामहरुमा संग्लग्न रहेको थाहा भयो । समाजमा अपाच्य हुने उनले गरेका केहि व्यक्तिगत कुराहरुलाई लिएर हाम्रो अनलाइनमा काम गर्ने कर्मचारी भन्दै हाम्रो अनलाइनको नामपनि ठाउँ ठाउँमा जोडिन थालियो, जुन खास अस्वाभाविक पनि थिएन । हाम्रा पाठकले हामीलाई दिनुभएको विश्वाशमा हामीले सम्झौता गरेनौं । हामीले भाद्र ३१ गते उनलाई बर्खास्त गर्यौं । यस विषयमा उनको परिवार र आफन्तलाई पनि जानकारी दियौं । हाम्रो समुहमा उनी अहिले छैनन् । उनले गरेका गैर-कानुनी काममा सम्बन्धित निकायले खोजेको वा चाहेको खण्डमा अझै पनि हामी सहयोग गर्न तत्पर छौं ।

अंग्रेजी नयाँ बर्षको अवसरमा टोपी दिवस भनेर मनाउने चलन सुरु गरिएको छ । हामीले यसै कुरालाई साथ र समर्थन गर्दै हाम्रा हरेक कार्यक्रममा नेपाली टोपी लगाएर कार्यक्रम प्रस्तुत गर्ने गरेका छौं ।

अन्त्यमा नयाँ बर्ष २०१७ को धेरै धेरै शुभकामना !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: