Skip to content
LAXMI SUNRISE BANK

संसदभित्रै प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – व्यवस्थापिका संसदले प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ सोमबार अनुमोदन भएको छ। कार्यविधि अनुमोदनसँगै सांसदहरुले संसदभित्रै प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन्। प्रधानमन्त्रीसँग महिनामा एक पटक र मन्त्रीहरुसँग महिनाको दुई पटक प्रश्नोत्तर कार्यक्रम संसदमा राखिने कार्यविधिमा उल्लेख छ।
 प्रधानमन्त्रीसँग हरेक महिनाको दोश्रो आइतबार र सांसदहरुसँग प्रत्येक महिनाको दोश्रो र चौथो बुधबार प्रत्यक्ष प्रश्नोत्तर गरिने कार्यविधिमा उल्लेख गरिएको छ। सांसदहरुले हरेक महिनाको दोश्रो आइतबार प्रानमन्त्री मातहतमा रहेको मन्त्रालय र प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा एक घण्टा प्रश्नोत्तर गर्न पाउनेछन्। 
सांसद आफ्नो ठाउँबाट उभिएर प्रधानमन्त्रीलाई उनको मन्त्रालय र उनीसँग सम्बन्धित विषयमा प्रश्न गर्न पाउनेछन्। एक जना सांसदले सोधेको प्रश्नको जवाफ दिएपछि फेरि अर्को सांसदले प्रश्न गर्न पाउनेछन्। यसरी एक दिनमा १५ जनासम्मले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनेछन्। त्यस्तै सांसदहरुले मन्त्रालयसँग सम्बन्धित जरुरी र महत्वपूर्ण विषयमा मन्त्रीहरुसँग पनि प्रश्नोत्तर गर्न सक्नेछन्।
 कार्यविधि अनुसार महिनाको दोश्रो र चौथो बुधबार मन्त्रीहरुले संसदमा उपस्थित भएर सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनुपर्नेछ। एउटा बैठकमा दुईवटा मन्त्रालयसँग सम्बन्धित २० वटा मात्र प्रश्न सांसदहरुले गर्न पाउनेछन्। सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो कार्यविधि उपयोगी हुने सभामुख ओनसरी घर्तीले बताइन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK