×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्तापक्ष पछि हट्दा संसदको गतिरोध खुल्यो

GLOBAL IME BANK

सत्तापक्ष पछि हट्दा संसदको गतिरोध खुल्यो

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सरकारले निर्वाचन सम्बन्धी बिधेयक पेश गरेपछि लामो समयदेखि अवरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु भएको थियो । संविधान संशोधनको बिधेयक सरकारले टेबुल नगरी निर्वाचन सम्बन्धी बिधेयक टेबुल गरेपछि संसदको गतिरोध हटेको छ । यसअघि एमालेलगायत प्रतिपक्ष दलले संसद अवरुद्ध गर्दै आएका थिए ।
संशोधन प्रस्ताव पहिले टेबुल गर्न सत्तापक्षिय दलहरुले तयारी गरेपनि एमालेको अडानका कारण उनीहरु पछि हटेका छन् । संशोधन प्रस्ताव टेबुल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘बान टु वान’ वार्ता पनि भएको थियो । तर कुरा नमिलेपछि सत्ता पक्ष एक कदम पछाडी हटेको छ । सत्तापक्ष पछाडी हटेपछि संसदको गतिरोध पनि हटेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: