
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – व्यवस्थापिका संसदको बैठक मंगलबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी अर्थ समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची छ। त्यसअघि शून्य तथा विशेष समयमा सांसदहरूले समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गर्नेछन्।
सोमबार स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय विधेयक सैद्धान्तिक रूपमा पारित भएको छ। स्थानीय निर्वाचनका लागि महत्त्वपूर्ण दुवै विधेयकमा कुनै संशोधन दर्ता गर्न चाहेमा सांसदहरूलाई ७२ घण्टाको समय दिइएको छ।
निर्वाचनसम्बन्धी विधयेकको सैद्धान्तिक छलफल सकिएकाले सांसदहरुलाई संशोधनका लागि समय दिइएको संसद सचिवालयले जनाएको छ। यसैबीच, संविधान संशोधन विधयेकका विषयमा सर्वसाधारणको जानकारी लागि भन्दै संसद सचिवालयले सार्वजनिक सूचना जारी गरेको छ।
संविधानको धारा २७४ को उपधारा ३ बमोजिम संशोधनको विषय र धाराबारे सर्वसाधारणलाई जानकारी गराउनुपर्ने व्यवस्था भएकाले मंगलबार प्रकाशित पत्रिकामा सूचना निकालिएको हो। सूचना निकालेपछि संविधान संशोधन विधयेकमाथि सैद्धान्तिक छलफल अघि बढाउन बाटो खुल्ने संसद सचिवालयका प्रवक्ता डा।भरतराज गौतमले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्