
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – व्यवस्थापिका संसदको बैठक सोमबार बोलाइएको छ। सोमबारको बैठकमा निर्वाचनसम्बन्धी विधयेकमा सैद्धान्तिक छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार निर्वाचन कसुर सजाय र स्थानीय निर्वाचन सम्बन्धी विधयेकमा सैद्धान्तिक छलफल सुरु हुनेछ।
यी दुई विधयेक आइतबार गृहमन्त्री बिमलेन्द्र निधिका तर्फबाट कानुन मन्त्री अजय शंकर नायकले संसदमा पेश गरेका थिए। संविधान संशोधन विधयेक सोमबारको बैठकको छलफल हुने कार्यसूचीमा छैन। संविधान संशोधनका बारेमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने प्रावधान छ।
संविधानको धारा २७४ को उपाधार ३ मा संविधान संसोधन विधयेक सदनमा प्रस्तुत भएको ३० दिन भित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था उल्लेख छ। संसद सचिवालयले मंगलबारका पत्रपत्रिकामा सार्वजनिक सूचना निकाल्ने तयारी गरेको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलको होहल्ला र नाराबाजीका बिच सरकारले आइतबार संविधान संशोधन विधयेक संसदमा पेश गरेको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबारको संसद बैठक अवरोध नगर्ने भएको छ। संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले एमालेको विरोध संविधान संशोधन विधयेकमा मात्रै भएकाले निर्वाचन सम्बन्धी छलफलमा भाग लिने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्