Skip to content
LAXMI SUNRISE BANK

शोक प्रस्ताव पारित गरेर २ घण्टा संसद स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – संसद बैठकले २०१५ सालका सांसद मणिराम पोखरेलको शोक प्रस्ताव पारित गरेको छ। आइतबार बसेको बैठकले २०१५ सालको चुनावमा खोटाङबाट नेपाली कांग्रेसबाट निर्वाचित पोखरेलको निधनमा शोक ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। 
पोखरेलको पुस १८ गते ८७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो । शोक प्रस्ताव पारित गरेपछि संसद बैठक स्थगित गरिएको छ। शोक प्रस्ताव पारित गर्ने कार्यसूचि रहेकाले नेकपा एमाले सहितका विपक्षी दलले उक्त बैठकमा अवरोध भने गरेनन्। अर्को बैठक आइतबार नै ३ बजेका लागि बोलाइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK