Skip to content
LAXMI SUNRISE BANK

निर्वाचन सम्बन्धी दुई विधेयक संसदले राज्य व्यवस्था समितिमा पठायो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – संसदले निर्वाचन सम्बन्धी दुईवटा विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको छ। शुक्रबार बसेको संसद बैठकले स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
 अब निर्वाचन सम्बन्धी यी विधेयकमा राज्य व्यवस्था समितिको बैठकमा दफाबार छलफल हुनेछ। त्यस्तै विधेयकमाथि परेका संशोधन प्रस्तावका विषयमा पनि समितिको बैठकमा नै छलफल हुनेछ। समितिले संशोधन प्रस्तावहरु समेत समेटेर परिमार्जन सहित विधेयकहरु फेरि संसदमा पठाउनेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK