×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन सम्बन्धी दुई विधेयक संसदले राज्य व्यवस्था समितिमा पठायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निर्वाचन सम्बन्धी दुई विधेयक संसदले राज्य व्यवस्था समितिमा पठायो

Artha Sarokar

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – संसदले निर्वाचन सम्बन्धी दुईवटा विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको छ। शुक्रबार बसेको संसद बैठकले स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
 अब निर्वाचन सम्बन्धी यी विधेयकमा राज्य व्यवस्था समितिको बैठकमा दफाबार छलफल हुनेछ। त्यस्तै विधेयकमाथि परेका संशोधन प्रस्तावका विषयमा पनि समितिको बैठकमा नै छलफल हुनेछ। समितिले संशोधन प्रस्तावहरु समेत समेटेर परिमार्जन सहित विधेयकहरु फेरि संसदमा पठाउनेछ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी