
काठमाडौं – सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ । सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् ।
यद्यपि सत्तारुढ भनिए पनि राप्रपाले असन्तुष्टि पोख्दै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ दलसँग दुई सय एक जना सांसद छन् । संसदमा टेबुल गराइएको विधेयक पास गराउनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
विधेयक पारित गराउनका लागि संसदमा हाल कायम रहेकाम ५ सय ९४ मध्ये दुई तिहाइ बहुमत पुर्याउन ३ सय ९८ मतको आवश्यकता पर्छ । दुई तिहाइ पुर्याउन सरकारलाई ५ मतको खाँचो रहेको छ। सरकार पाँच जना सांसद पुर्याउने गृहकार्यमा लागेको छ । तर, यसो गर्दा इतिहासमा प्रयोग गरिएको सांसद खरिद बिक्रीको खतरा उत्पन्न भएको छ । यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्