
काठमाडौं – सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ । सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् ।
यद्यपि सत्तारुढ भनिए पनि राप्रपाले असन्तुष्टि पोख्दै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ दलसँग दुई सय एक जना सांसद छन् । संसदमा टेबुल गराइएको विधेयक पास गराउनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
विधेयक पारित गराउनका लागि संसदमा हाल कायम रहेकाम ५ सय ९४ मध्ये दुई तिहाइ बहुमत पुर्याउन ३ सय ९८ मतको आवश्यकता पर्छ । दुई तिहाइ पुर्याउन सरकारलाई ५ मतको खाँचो रहेको छ। सरकार पाँच जना सांसद पुर्याउने गृहकार्यमा लागेको छ । तर, यसो गर्दा इतिहासमा प्रयोग गरिएको सांसद खरिद बिक्रीको खतरा उत्पन्न भएको छ । यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्