
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – व्यवस्थापिका संसदले निर्वाचनसम्बन्धी विधेयक अगाडी बढाउने भएको छ। शुक्राबार दिउँसो १ बजे बस्ने संसद बैठकको निर्वाचन विधेयक सम्बन्धित समितिमा पठाउने कार्यसूची रहको संसद सचिवालयले जनाएको छ। शुक्रबारको बैठकले निर्वाचन सम्बन्धी २ विधेयक सम्बन्धित समिति पठाउनेछ।
संसदले स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन कसुर सजाय विधयेक राज्य व्यवस्था समितिमा पठाउनेछ। संविधान संशोधन विधेयकमा छलफल हुने कार्यसूची छैन।
दलहरुबीच सहमति भइनसकेकाले संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा नराखिएको हो। प्रमुख विपक्षी नेकपा एमालेसहितका दलले संशोधन विधेयक अघि बढ्न नदिने बताउँदै आएका छन्।
सभामुख ओनसरी घर्तीले संसोधन विधेयकमाथि छलफल अघि बढाउने विषयमा दलका नेताहरुसँग अनौपचारिक छलफलमा रहेको बताइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्