
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको संसद् बैठकबाट संविधान संशोधन विधेयक प्रक्रियामा जाने बताएका छन् ।
वामपन्थी नेतृ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ संस्मरणसंग्रह विमोचन गर्दै शनिबार उनले सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी एमालेले संसद् अवरोध गर्न नसक्ने बताए ।
‘आइतबारदेखि संसद् फेरि चल्दै छ । त्यहाँ हामीले राष्ट्रलाई एकताबद्ध गर्न र निर्वाचन गर्न जे प्रस्ताव अगाडि सारेका छौँ, अब त्यो प्रक्रिया सुचारु हुनेछ,’ प्रचण्डले भने, ‘सर्वोच्चको आदेशपछि अब कसैले संसद् अवरोध गर्न सक्दैन ।’
संसद् खुलेसँगै संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, निर्वाचनसँग सम्बन्धित विधेकयहरू सँगसँगै अगाडि बढ्ने उनले जानकारी दिए । ‘संविधानलाई सर्वस्वीकार्य बनाऔँ, निर्वाचनतिर गएर आर्थिक समृद्धि जनताले चाहेका छन्, समाजवादको आधार तयार पार्ने भनेर जो संविधानमा भनिएको छ, त्यही दिशामा जाऔँ,’ प्रधानमन्त्रीले भने । प्रचण्डले अहिले देश अप्ठ्यारोमा परेकाले सहमतिमा आउन सबै दलहरूलाई अपिलसमेत गरे ।
राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता
शनिबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्रपतिले आइतबारको संसद् बैठकमा सरकारको तयारीका विषयमा चासो राखेकी थिइन् । जवाफमा प्रधानमन्त्रीले संसद्मा लामो समयसम्म रहेको अवरोध आइतबारबाट खुल्ने र संशोधन प्रस्तावलाई संसद्को प्रक्रियाबाटै छिनोफानो लगाएर सरकार निर्वाचन विधेयक संसद्बाट पारित गर्ने तथा निर्वाचनको मिति घोषणा गर्ने गरी अगाडि बढ्न चाहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सभामुख प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै
सभामुख ओनसरी घर्तीले संसद् बैठकअगाडि आइतबार बिहान प्रमुख दलका शीर्ष नेताहरूस“ग छलफल गर्दै छिन् । एमालेले २४ पुससम्म संसद् बैठक स्थगित गर्न गरेको मागका आधारमा आइतबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । यसबीचमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक छलफलसमेत नगरेकाले सभामुखले संसद् बैठकअगाडि दलका नेताहरूसँग परामर्श गर्न लागेकी हुन् ।यो खबर आजको नयाँ पत्रिकामा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्