
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। संसद विशेष समयमा राप्रपाकी सांसद कुन्तिकुमारी शाहीले पृथ्वी नारायण शाहले साम्राज्यवादी नीतिलाई परास्त गरेर आधुनिक नेपाल बनाउने काम गरेकाले उनको सम्मानमा पुस २७ गते विदा दिनुपर्ने बताइन्।
साम्राज्यवादी नीतिलाई परास्त गरेर आधुनिक नेपाल बनाउने काम पृथ्वी नारायण शाहले सम्भव गराएको हुनाले उहाँको सम्मानमा पुस २७ मा विदा दिनुपर्छु संसदमा शाहीले भनिन्। उनले नेपाली नागरिक सार्वभौम सत्ता सम्पन्न हौं भन्ने पुष्टी गर्नका लागि पनि पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने बताइन्।
आधुनिक नेपाल निर्माण उहाँकै कारण सम्भव भएको होु उनले भनिन् इतिहासको संरक्षणको निम्ति पुस २७ मा विदा दिनुपर्छ।ु संसद बैठकमा सांसद रामहरि खतिवडाले स्थानीय निर्वाचनको तयारीका लागि सत्तापक्ष र प्रतिपिक्ष नभनी अगाडि बढ्नुपर्ने बताए। भूकम्प पीडितले अहिले पहिलो किस्ता पनि नपाएका र १ लाख ८० हजार गुनासो संवोधन नभएकाले संसदले सरकारको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्