Skip to content
LAXMI SUNRISE BANK

निलम्बित सांसद साहविरुद्ध साढे ३१ करोडको भ्रष्टाचार मुद्धा

अर्थ सरोकार

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धानले पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ ।
साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो ।
साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ गरेको समेत देखिन आएको अख्तियारको भनाई छ ।
“साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले निजलाई ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ २७ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय दिनसमेत माग गरिन्छ”– अख्तियारद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।
साहले आफ्ना बाबुआमा, श्रीमती, भाइलगायत अन्य आफन्तका नाममा समेत सम्पत्ति लुकाएको अख्तियारले जनाएको छ ।यो समाचार  राजधानी दैनिकबाट लिइएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK