×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसुङले भित्र्यायो ‘ग्यालेक्सी जेटु एस’ मोवाइल, बजार मूल्य १४ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामसुङले भित्र्यायो ‘ग्यालेक्सी जेटु एस’ मोवाइल, बजार मूल्य १४ हजार

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोरियाली मोवाइल निर्माता कम्पनी सामसुङले नेपाली बजारमा ग्यालेक्सी जेटु एस सार्वजनिक गरेको छ । जे सिरिजको फोरजी सपोर्ट गर्ने उक्त मोवाइल अन्य मोवाइलको तुलनामा सस्तो र राम्रो भएको कम्पनीको दावी छ ।
कम्पनीले बजारमा ल्याएको जे सिरिजका मोवाइलहरु उपभोक्ताले बढी रुचाएका सामसुङ नेपालका नायव महाप्रबन्धक प्रणयरत्न स्थापितले बताए । अगाडी फ्ल्यास क्यामेरा भएको सो मोवाइलको ५ इञ्चको स्क्रिन रहेको छ । नेपाली उपभोक्तालाई लक्ष्ति गर्दै ल्याइएको सो मोवाइलको बजार मूल्य १३ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
मोवाइलमा एन्ड्रोइड भर्सन ६ रहेको छ । १ दशमलव ४ गिगाहर्ज क्वार्डकोर प्रोसेसर भएको सो मोवाइलमा १ दशमलव ५ जिवी ¥याम, ८ जिबी इन्टरनल मेमोरी, तथा २ हजार ६ सय एमएएच क्षमताको व्याट्रि रहेको छ ।
५ मेगापिक्सेर फ्रण्ट फ्ल्यास क्यामेरा भएको सो मोवाइलमा ८ मेगापिक्सेल ब्याक क्यामेरा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी