×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको नाममा हुन्डी कारोवारीको असुली !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थमन्त्रीको नाममा हुन्डी कारोवारीको असुली !

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – यो समाचार आज प्रकाशित साघु साप्ताहिकले प्रकाशित गरेको समाचारमा अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।
साँधुको समाचारमा छ, – ‘देशको अर्थतन्त्र सुधार्ने ठाँउमा पुगेका अर्थमन्त्री कृष्णबहादुर महरा देशको अर्थतन्त्र सुधार्न भन्दा आफ्नै व्यक्तिगत स्वार्थमा लिप्त भएर लागेको भन्दै पार्टीभित्र उनको आलोचना शुरु भएको खवर छ । मन्त्री महरामाथि पदको दुरुपयोग गर्दै अपारदर्शी ढंगले आर्थिक गतिविधि अगाडि बढाएको आरोप छ । विवादास्पद व्यक्तिलाई अगाडि सारेर मन्त्री महरा संदिग्द गतिविधिमा सामेल भएपछि पेरिसडाँडामा यसको चर्चा हुन थालेको छ । 
स्रोतका अनुसार, अर्थमन्त्री महराले काठमाडौं मूलपानीका विवादास्पद हुन्डी व्यवसायी रमेश तिवारीलाई अघि सारेर आर्थिक संकलनलाई भूमिगत शैलीमा तीव्रता दिएका छन् । यसका लागि अनामनगरमा कार्यलयसमेत खोलिएको साँधुको समाचारमा छ ।
साँघु साप्ताहिकले ठेकेदार मन्त्रीका पिए असुलीमा लागेको भन्दै समाचार पनि प्रकाशित गरेको छ । समाचारमा मन्त्री विक्रम पाण्डेले झापाको गिरीबन्धु टी स्टेटको एक सय ५५ विघा जग्गाको हदबन्दी फुकुवा गरी करोडौं रुपैयाँ कमिशन कुल्लाउने योजनलाई अन्तिम रुप दिन थालेको उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: