
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान संशोधन प्रक्रियालाई अहिलेको अवस्थामा थाती राखेर स्थानीय निकायको निर्वाचनमा दलहरु जुट्नु पर्ने बताएका छन् । उनले संविधानमा केही त्रुटि भएको बताए ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चाकर्मीसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्ममा तिनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रक्रियामा पछि छलफल गर्ने गरी सहमती कायम गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयन मुख्य चुनौती रहेको बताउदै डा।कोइरालाले दलहरुबीच सहमती, सहकार्य गरेर भएपनि संविधान कार्यान्वयनमा जानु उपयुक्त हुने उल्लेख गरे ।
महामन्त्री कोइरालाले विषेशगरी संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चासंगको वार्तालाई घनीभुत रुपमा अगाडी बढाएर सहमती कायम गर्नुपर्नेमा जोड दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्