
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल एसबीआई बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्ति गरेको छ । बैंकले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रुपियाँ बराबरको हकप्रद निष्काशन गर्ने भएको हो ।
बैंकले माघ २७ गते बोलाईएको बार्षिक साधारणसभामा सेयरधनीलाई २८ प्रतिशत वोनस वितरणको प्रस्ताव सहित चालीस प्रतिशत हकप्रदको प्रस्ताव लैजाने भएको हो । बैंकले संस्थापक सेयरधनी र साधारणसेयरधनीको शेयर स्वामित्व ७०स्३० कायम गर्न हकप्रदको प्रस्ताव अघि सारेको हो ।
सो हकप्रद निष्काशनको लागि एमएमबि क्यापिटल बिक्रि प्रबधंकको रुपमा नियुक्त भएको छ। बैंकका तर्फबाट सीईओ अनुकुल भाटनगर र क्यापिटलको तर्फबाट चिफ अपरेटिंग अफिसर श्रीजेश घिमिरेबिच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रस्तावित १०;४ अनुपातको हकप्रद एफपिओ बाँडफांड र बोनस वितरणपछि निष्काशन हुने छ । एफपिओ, बोनस र हकप्रदपछि बैंकको चुक्तापुंजी ७ अर्ब पुग्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्