
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भूकम्पले क्षतिग्रस्त गाँखु १ को नामरुक देवी निमाविको नयाँ भवन बनेको छ। बोस्टन तमु समाज अमेरिकाको सहयोगमा निर्माण भएको पक्की दुई कोठे भवन विद्यालयलाई आइतबार हस्तान्तरण गरिएको छ। बोस्टन तमु समाजको १७ हजार डलर आर्थिक सहयोगमा बनेको उक्त भवन करिव चार महिनामा तयार भएको थियो।
भवन निर्माणको लागि १६ लाख ५० हजार लागत लागेको र भवन भूकम्प प्रतिरोधात्मक रहेको स्थानीय साझेदार खुशी नेपालका कार्यकारी प्रमुख सन्तोष पौडेलले जानकारी दिए।
विद्यालयको ५२ औं बार्षिकोत्सवको अवसर पारेर खुशी नेपालका अध्यक्ष केशवकुमार श्रेष्ठले स्रोत व्यक्ति विश्वनाथ वाग्लेलाई नवनिर्मित भवनको साँचो हस्तान्तरण गरे। भवन निर्माणसँगै खुशी नेपालले विद्यालयलाई एक थान कम्प्युटर र खेलकुद सामाग्री पनि प्रदान गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्