×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ववियु निर्वाचन घोषणासंगै संगठनहरुबीच झडप शुरु,ठमेलमा एमालेका नेता कुटिए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्ववियु निर्वाचन घोषणासंगै संगठनहरुबीच झडप शुरु,ठमेलमा एमालेका नेता कुटिए

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेपछि विद्यार्थी संगठनहरुबीच झडप शुरु भएको छ । मंगलबार बिहान ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको हो ।
अनेरास्ववियुले सबै क्याम्पसहरुमा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम अन्तर्गत सरस्वती क्याम्पसमा कार्यक्रम शुरु हुन लाग्दा क्रान्तिकारीका कार्यकर्ताबाट अखिलका क्याम्पस अध्यक्ष शंकर गौतम कुटिएका छन् ।
बाहिरबाट गएका व्यक्तिले सांघातिक हमला गरी घाइते बनाएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले बताए । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
झडपको घटना प्राप्त भए पनि आक्रमणकारीहरु भागिसकेकाले उनीहरुको खोजि भइरहेको सा्ेह्रखुट्टे प्रहरीले जनाएको छ । आक्रमणकारी विरुद्ध किटानी जाहेरी दिइने अखिलले जनाएको छ ।
क्याम्पसमा झण्डा गाड्ने कार्यक्रमका लागि कक्षा कोठाबाट विद्यार्थीहरुलाई बाहिर बोलाउने क्रममा गौतममाथि अकस्मात आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् । दोषीमाथि तत्काल कारवाही नभए बदला लिने चेतावनी अनेरास्ववियुले दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: