×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैकलाई ब्रोकर लाइसेन्स नदिने सम्बन्धमा ‘सेयर काका’को भनाइ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैकलाई ब्रोकर लाइसेन्स नदिने सम्बन्धमा ‘सेयर काका’को भनाइ

Artha Sarokar

८ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सेयर काका 

अब बैकलाई लाइसेन्स दिने कुरा लगभग ऐन कानुनको कुरा तेर्साएर बन्द गर्ने नै भए । यो ऐन अनुसार मिल्दैन भन्ने कुरा त पक्कै धितोपत्र बोर्ड, नेप्से, शेयर ब्रोकर सबैलाई पहिलै थाहा थियो । यिनीहरुले सोझा लगानीकर्तालाई भुल पारेका हुन । नयाँ ब्रोकर थप गर्ने कुरा चलिरहदा ब्यक्तिलाई होउन बैकलाई दिनु पर्दछ भनेर सोझा लगानिकर्तालाई त्यता तिर Divert गरे । लगानीकर्ता पनि कुरोको चुरो नबुझी त्यतै लागे । तर अहिले धितोपत्र बोर्ड,नेप्से, शेयर ब्रोकरहरु सबैले मिल्दैन भन्न थाले । यिनीहरु सबैलाई पहिलै थाहा भएको कुरा किन बल्ल बोले त ?

यो विषयमा काकाको धारणा 
बैकलाई बोकर लाइसेन्स र बाफियाको संसोधन प्रस्ताव लगभग एकै चोटि आएका हुन । यदि त्यहि बेलामा यो कुरा उठाएको भए लगानीकर्ताले यो कुरा बाफियामा जसरी पनि राख्न दबाब दिन्थे र अहिले बैकलाई लाइसेन्सको लागि मार्ग प्रसस्त हुन्थ्यो । 
जब बाफिया संसदबाट पारित भयो अनि बल्ल भन्न थाले बैंकलाई लाइसेन्स दिन मिल्दैन भनेर ।यिनीहरु सबलाई थाहा छ अब फेरि आर्को १२ बर्ष लगानीकर्ताले चाहेर पनि बाफियामा बैकहरुले शेयर दालालको कार्य गर्न पाउने गरि संशोधन हुदैन भनेर ।
मेरो विचारमा हामी गाली गर्दैछौ सडक जाम भयो भनेर ट्राफिक पुलिसलाई तर समस्या ट्राफिक पुलिसको भन्दा सागुरो तथा अव्यवस्थित बाटो अनि ऐन कानुन कार्यन्वयनको कमजोर अबस्था हो । मेरो बिचारमा पुजी बजारको सन्दर्भमा ब्रोकर पुलिस हुन । जे निर्देशन धितोपत्र बोर्ड , नेप्सेले दिन्छ अनि कानुनले जे भन्छ तेहि गर्ने हो । तसर्थ अहिले कै कानुनमा रहेर अनि बोर्डले गर्न सक्ने देहाएका कार्य गर्न सके पुजी बजारमा छिट्टै केहि सुधार आउने देखिन्छ । 
१. ब्रोकर संख्या कम्ति १०० पुर्याउ कुनै कानुनले रोक्दैन ।
२. ब्रोकरको पूंजी कम्तीमा १० करोड बनाउ । नबनाउनेलाई शाखा खोल्न तथा कुनै पनि थप कार्य गर्न नदेउ ।
३. कम्तिमा २५०० SQ FTS को Broker कार्यालय स्थापना गर ।
४. तत्काल नयाँ Softwere खरिद गरि Online Trading को ब्यबस्था गर ।
५. प्रत्येक ब्रोकरलाई कम्तीमा एउटा शाखा उपत्यका बाहिर खोल्न निर्देश गर ।
६. ब्रोकरलाई थप प्राविधि मैत्री बनाउ ।
हाललाई लगानीकर्ताले यति नै माग राखेर आन्दोलन गरे हुन्छ । ठुला र धेरै कुरा गरेर हुदैन । थोरै गरौ छिटो गरौं । नत्र आगामी दिन लगानीकर्ताका लागि भयावह छन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी