Skip to content
LAXMI SUNRISE BANK

देउवाको जन्मथलो अशिग्राम गाविस पूर्ण साक्षर

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो रहेको अशिग्राम गाविस पूर्ण साक्षर घोषणा गरिएको छ ।
जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषणा गरिएको १५ दिन नबित्दै सभापति देउवा जन्मेको गाविसलाई शनिबार पूर्ण साक्षरताको प्रमाणपत्र दिइएको छ ।
पन्ध्रदेखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्ण लेख्न पढ्न सक्ने, सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिह्न बुझ्ने, रुपैयाँका हिसाब गर्न सक्ने लगायत १२ सूचकमध्ये सात सूचक पूरा गरेका गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्न सक्ने प्रावधान रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सोही सूचकका आधारमा अशिग्रामलाई साक्षर गाविसका रुपमा घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK