×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थको बैंकको एक लाख ५८ हजार कित्ता सेयर लिलामीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थको बैंकको एक लाख ५८ हजार कित्ता सेयर लिलामीमा

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सिद्धार्थ बैंकले एक लाख ५८ हजार ५१७.९० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहतर्फको सेयर सिद्धार्थले लिलामीमा बिक्री गर्न लागेको हो । लिलामी सेयरको माघ ११ गतेदेखि बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँ भन्दा माथि दरभाउ राखी बोलपत्र फारम भर्नुपर्नेछ । टेन्डर भर्ने अन्तिम म्याद माघ १७ गतेसम्म तोकिएको छ ।

यसअघि सिद्धार्थले कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले त्यतिबेला बिक्री नभएका सर्वसाधारण समूहको सेयर अहिले टेन्डरमा बिक्री गर्न लागेको हो । सिद्धार्थको यो लिलामी सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगर तथा सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंबाट आवेदन फारम लिन र बुझउन सक्नेछन् ।

बोलपत्र माघ १८ गते दिउसो ३ बजे सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगर काठमाडौंमा खोलिनेछ । सिद्धार्थले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा ९बार्षिकीकरण० रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने दुई सय ३० रुपैयाँ ४७ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: