
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सिदार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ६८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले नाफा रकमलाई गत वर्ष भन्दा तीन करोड ७२ लाख ९५ हजार रुपैयाँले वृद्धि गरेको हो । गत वर्ष यसै त्रैमासमा सिद्धार्थले १४ करोड ९५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानीमा पनि ८५.२१५ ले बढोत्तरी गर्दै ३८ करोड ३८ लाख १५ हजार रुपैयाँ पुर्याएको छ । खुद नाफा बढ्नुमा ब्याज आम्दानीकै धेरै भूमिका देखिन्छ । गत वर्ष खुद ब्याज आम्दानी २० करोड ७२ लाख २५ हजार रुपैयाँ मात्र थियो ।
यो त्रैमासमा गत वर्ष भन्दा खराब कर्जा बढी देखिए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा भने खराब कर्जा कम भएको छ । गत वर्ष २.०९५ रहेको खराब कर्जा यस आर्थिक वर्षको पहिलो त्रैमासमा ३।२१५ पुगेको थियो । बैंकले अहिले यसलाई न्यूनीकरण गरेर अहिले २.७८५ मा सीमित गरेको छ ।
सिद्धार्थले गत वर्षको तुलनामा चुक्ता पुँजी र रिजर्भ कोष दुवै बढाएको छ । चुक्ता पुँजी ९८.२२५ ले बढाउँदै एक अर्ब ४१ करोड ९१ लाख ६८ हजार रुपैयाँ पुर्याएको यो बैंकले रिजर्भ कोष पनि ६३.१८५ ले वृद्धि गरेर ४१ करोड ७९ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ ।
यो त्रैमासमा बैंकले १४ अर्ब २१ करोड २३ लाख ५९ हजर रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब १९ करोड २२ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिद्धार्थले सम्भावित जोखिमबापत चार करोड २० लाख ३८ हजार रुपैयाँ छुट्याएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिकीकरण२६ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्