
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशन प्रक्रिया अघि बढाएको छ। यहि क्रममा बैंकले सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्ति गरेको छ।
बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भनस र क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन।
बैंकको ३० औ बार्षिक साधारणसभा र ३५० औ संचालक समितिको बैठकले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरमा ११९० प्रिमियम मूल्य गरि प्रति कित्ता १२९० रुपैयाँमा एफपीओ निष्काशन गर्ने निर्णय गरेको हो।
असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिङ ९एफपीओ० निष्काशन गर्ने निर्णय गरेको हो। पुंजी ३ अर्ब ३० करोड रुपैयाँ जुटाउने योजना अनुसार जारि गर्ने सेयर संख्या थपघट हुन सक्ने बैंकले जनाएको छ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट ३३।३३ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बोनस बितरणपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ७४ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब ८१ करोड रहेको छ।
बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १ सय ४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो। अहिलेकै मूल्य र सेयर संख्यामा एफपीओ निष्काशन भएको अवस्थामा बैंकको चुक्ता पुंजीमा २५ करोड ५८ लाख १४ हजार रूपैयाँ थप हुने छ भने प्रिमियम बापतको ३ अर्ब ४ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा जाने छ ।
२०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको नाफा र जगेडा कोषमा जम्मा भएको रकमबाट ठुलो अंक अर्थात करिब शतप्रतिशत बोनस सेयर बाड्नु पर्ने हुन्छ। यद्दपी बैंकको नयाँ सेयर निष्काशनका लागि बैंक नियमन निकाय धितोपत्र बोर्डबाट अनुमतिको पर्खाईमा रहेको छ। बोर्डको अनुमति पछि मात्रै एफपीओ मूल्य, संख्या र मिति तय हुने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्