
काठमाडौं – चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा सेयर कारोबार उच्च परिमाणले बढेको छ। पुस मसान्तसम्ममा नेप्सेमा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो रकम अघिल्लो वर्षभन्दा १ सय २१ प्रतिशतले धेरै हो। गत वर्ष सोही अवधमा नेप्सेमा ५० अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
चालू आवको पुससम्मको कारोबार रकम गत आर्थिक वर्षकै कुल परिणमाभन्दा ४८ अर्ब ८५ करोड रुपैयाँले कम हो। गत आवमा नेप्सेमा १ खर्ब ६३ अर्ब ९५ करोड ७७ लाख बराबरको धितोपत्रको कारोबार भएको थियो। निरन्तर बढ्दो क्रममा रहेको सेयर बजारमा दैनिक कारोबार रकम ३ अर्ब रुपैयाँसम्म पुगेको थियो। सेयर बजार सुधार हुँदा कारोबार रकम पनि बढेको थियो।
साउन १२ मा हालसम्मकै उच्च १८८१ अंकमा पुगेको नेप्से परिसूचक त्यसपछि सच्चिने क्रममा छ। स्थिर अर्थतन्त्रका कारण लगानीका विकल्पहरू नभएको समयमा अधिकांश लगानीकर्ता सेयर बजारमा आउने गरेको विश्लेषकहरू बताउँछन् । कारोबारबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्